- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान

May 27, 2020
686
Shares
- ADVERTISEMENT -

गोरखा, १३ जेठ २०७७ । एकिकरण नेपाल गैर सरकारी संस्थाले गोरखाको गण्डकी गाउँपालिकालाई एक लाख ९६ हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीबाट बच्न र संक्रमण जोखिम कम गर्न भन्दै संस्थाले गाउँपालिका मार्फत समुदायका नागरिकलाई बिभिन्न ७ किसिमका स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य सामाग्री सहयोगमा ५० लिटर स्यानिटाइजर, ४ सय थान नुहाउने साबुन, ४ सय थान लुगा धुने साबुन, १ सय थान डिजिटल थर्मोमिटर, ५ सय थान ब्रस, मञ्जन, ५ सय थान मास्क र २ सय थान सेनिटरी न्याप्किन रहेको संस्थाका कार्यक्रम संयोजक चन्द्र देवकोटाले जानकारी दिनुभयो ।

डिसिए अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा साहस परियोजना मार्फत गाउँपालिकाको बिभिन्न वडामा शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको एकिकरणले सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष होमबहादुर रानालाई सो सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा रहेका नागरिक तथा विपन्न र सिमान्तकृत वर्गका गरी एक सय परिवारलाई लक्षित गरी सो सामाग्री सहयोग गरिएको परियोजनाका कार्यक्रम संयोजक देवकोटाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com