- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

करिब छ हजार नेपाली सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिए

May 27, 2020
557
Shares
- ADVERTISEMENT -

लम्की, १४ जेठ २०७७ । सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मङ्गलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार १ सय १३ नेपाली नेपाल भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ सय ९४ नेपाली नेपाल भित्रिएका हुन् ।

ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कने क्रम बढेकोछ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरू क्वारेन्टाइन बस्ने भएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com