- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएनएद्धारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

May 24, 2020
672
Shares
- ADVERTISEMENT -

चितवन, ११ जेठ २०७७ । एनआरएनएद्धारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। चितवनको भरतपुर महानगरलाई एनआरएनएले कोरोना प्रकोपसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

एनआरएनए केन्द्रिय सचिवद्धय गौरी जोशी अमेरिका, आरके शर्मा कतार एवं सह कोषाध्यक्ष लोक दाहाल बेल्जियमद्वारा पठाईएको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

एनआरएनए केन्द्रिय सचिव गौरी जोशीका भाईले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई पिपिई १०० सेट, एन ९५ माक्स ५०० थान र लेजर गन २५थानसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

सही अवसरमा मेयर रेनु दाहालले एनआरएनएले गरेको सहयोग कोराना विरुद्ध लड्न ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यो संकटको समयमा स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिनु भयो । यसअघि जोशीले ६ हजार थान सर्जिकल माक्स र २ थान पिपिई प्रदान गरिसक्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com