- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा नामजुङका एक परिवार होम क्वारान्टाइनमा

May 19, 2020
568
Shares
- ADVERTISEMENT -

गोरखा, ६ जेठ २०७७। राजधानीको टिचिङ अस्पतालमा सुत्केरी भएर आएको नामजुङका एक परिवार होम क्वारान्टाइनमा बसेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे माईती भएकी २९ बर्षिय सुत्केरी महिलाको कोरोनाको कारण ज्यान गए पछि उनीहरुको परिवार होम क्वारिन्टीनमा बस्न थालेका हुन् । क्वारान्टाइनमा बस्न थालेकी महिला ज्यान गुमाएकी महिला भन्दा १ दिन अघि मात्र सोही अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

शहिद लखन गाउँपालिका ९ डाडाँगाउँकी महिला जेष्ठ १ गते पालिकाको एम्वुलेन्स प्रयोग गरेर २ महिला २ पुरुष र नवजात शिशु सहित २ बालक नामजुङ्ग आएका थिए । शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण ज्यान गयो भने पछि गाउँमा हल्लाखल्ला मच्चिएको र सुत्केरी भएकी महिला पत्ता लगाएर सबैलाई घरमै बस्न भनेको वडाध्यक्ष रामप्रसाद लामिछाने बताए । वडाध्यक्ष लामिछानेकै छिमिकी उनीहरु राजधानीबाट सुत्केरी, सुत्केरीको श्रीमान, बच्चा, सुत्केरीको जेठानी, जेठाजु र उनका बच्चा सहित घर आएका थिए ।

‘मैले पनि हिजो बिहान ९ बजे मात्र यो सबै जानकारी पाए । आजै बिहान उनकै घरमा पुगेर सबैलाई सम्झाई वरी घर भन्दा बाहिर कतै नजान भनेर आएको’ उनले बताए । यो बिचमा उनका श्रीमान २ पटक सम्म घर बाहिर सुत्केरीकालागि मासु लिन गएको जानकारी प्राप्त भएको छ । गाउँ संगै जोडीएको एक मासु पसल र नामजुङ सम्म मासु खोज्न पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

शनिबार सिन्धुपाल्चोकको महिला कोरोना संक्रमणका कारण ज्यान गुमाएको भन्दै नामजुङ्ग स्वास्थ्य चौकीले उनीहरुलाई होम क्वारान्टाइनमा रहन अनुरोध गरेको छ । सुत्केरी भए संगै एउटै वाडमा बस्दै आएकी थिईन । उनीसंगै उनका परिवारको पनि पिसिआर टेष्टको लागि स्वाब लिने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com