- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा तीन दिनमा २ वटा चितुवा मृत फेला

May 18, 2020
952
Shares
- ADVERTISEMENT -

गोरखा, ५ जेठ २०७७। गोरखाको पालुङटार नगरपालिका–९ घडेरी खोलामा स्थित मानव बस्ती भित्र आज एउटा चितुवा मृत अबस्थामा भेटिएको छ । शरिरमा कतैपनि चोट पटक नलागेको अबस्थामा बयस्क पोथी चितुवा मृत अबस्थामा फेला परेको डिभिजन बन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ, उहाँले भन्नुभयो, ‘शरिरमा कतै पनि चोट पटक देखिएको छैन ।’ मृत अबस्थाको चितुवाकोे प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आंशका बन कार्यालयले गरेको छ । उक्त मृत चितुवा घडेरी खोलाको बस्ती बिचमा रहेको एउटा घर भित्र फेला परेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘स्थानीयबासीले बयस्क चितुवा मर्न लागेको अबस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका बन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाई छ । चितुवा बिष खुवाएर मारेको आंशकामा कार्यलयले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । ‘यसरी नै म¥यो भन्न सकिहाल्ने अबस्था छैन, प्रमुख पौड्यालले भन्नुभयो, ‘घटनाको सवै प्रकृति हेर्दा शंकास्पद जस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको तयारी भइरहेको छ ।’

उहाँले मृत चितुवाको पोस्टमार्टमका लागि चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताउनुभयो । ‘पोस्टर्माटमपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टी हुन्छ ।’ उहाँले भन्नुभयो । यस अघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुने स्थित जंगलको छेउमा एउटा चितुवा मृत अबस्थामा फेला परेको थियो ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उहाँको भनाई छ । जिल्लामा गएको तीन दिन भित्रमा २ वटा चितुवा मृत अबस्थामा फेला परिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com