- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोभिड १९ को संभावित जोखिम न्यूनिकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’

May 13, 2020
804
Shares
- ADVERTISEMENT -

गोरखा, ३१ बैशाख २०७७ । कोरोना भाईरस (कोभिड १९) को संभावित जोखिम न्यूनिकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकले जेठ ५ गते सम्म बित्तिय संघ संस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

संघिय सरकारले बैंक तथा बित्तिय संस्था सञ्चालन गर्न दिने निर्णय गर्दा बैंकमा अत्याधिक भिँडभाड बढेपछि सरोकारवालाहरुको बैठकले तत्काल गोरखामा बित्तिय संस्था बन्द गरेर सुरक्षित हुनुपर्ने निश्कर्ष निकालेको हो । ‘बिहिवारदेखि बैंकहरु पनि बन्द हुनेछ, इ–बैंकिङ बाट सेवा लिन भने सकिन्छ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।

देशमा केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बाहिरि जिल्लाबाट खाद्यान्न ढुवानीमा पनि रोक लगाइएको छ । अन्य जिल्लाबाट खाद्यान्न तकारी बोकेर भित्रिएका सवारी साधनप्रति जिल्लाबासीको चासो र त्रास अत्याधिक भएकाले सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । यस अघि जारी गरेको सवारी पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com