- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस नेता गुरुङको नेतृत्वमा बन्दिपुर गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण

May 6, 2020
641
Shares
- ADVERTISEMENT -

तनहुँ २४ बैशाख २०७७ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमिति र बन्दिपुर गाउँपालिकाको कांग्रेस समितिले बन्दिपुर गाउँपालिकालाई एक लाख चउन्न हजार अठ सय पचास रुपैयाँ प्रदान गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको बन्दिपुर गाउँपालिका कोरोना राहत कोषमा उक्त रकम प्रदान गरिएको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । उहाकै पहलमा सो रकम सहयोग उपलब्ध गराइएको हो ।

- ADVERTISEMENT -

Advertisement

गुरुङको नेतृत्वमा कांग्रेस बन्दिपुर गाउँपालिकाका अध्यक्ष कर्ण खत्री, सचिव बैँश गुरुङ, तनहुँ कांग्रेसका आमन्त्रित सदस्य सुरेश भट्टराई, जिल्लाका कांग्रेस नेता गोपाल अधिकारीलगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कोरोनाको रोकथाम गर्नु सबैको जिम्मेवारी भएकाले आफूहरूको तर्फबाट पनि योगदान गरिएको कोषाध्यक्ष गुरुङले बताउनु भयो । सहयोग रकम गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङको समेत उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

रकम हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले अप्ठेरो परेको बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताउनु भयो ।

उक्त कोषमा नेकपाले कोतर्फबाट रु १ लाख ५१ हजार रुपैया प्रदान गरेको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com