- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

श्री सरस्वती मा बि बोर्लाङले अनलाइन प्रणाली मार्फत नजिता प्रकाशन

May 6, 2020
1386
Shares
- ADVERTISEMENT -

गोरखा, २४ बैशाख २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयले मंगलबार पहिलो पटक अनलाईन प्रणाली मार्फत बार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयले कक्षा ८ बाहेक बाल कक्षा देखि ९ कक्षा सम्मको बार्षिक परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।

पहिलो पटक परीक्षाको नतिजा अनलाइन मार्फत समेत हेर्ने व्यवस्था गरेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले बताउनुभयो । ‘हामीले आज बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्‍यौ, उहाँले भन्नुभयो, ‘पहिलो पटक हामीले नतिजा अनलाइन मार्फत समेत हेर्न मिल्ने व्यवस्था गरेका छौ । ’

- ADVERTISEMENT -

Advertisement

अनलाइनबाट नै परीक्षाफल हेर्न मिल्ने भएपछी अभिभावकहरुलाइ सहज भएको उहाँको भनाइ छ । ‘अब घरमै बसेर आफ्नो बालबालिकाको रिजल्ट कस्तो आयो भनेर अभिभावकहरुलाइ थाहा हुन्छ, उहाँहरु स्कुलसम्म आउनु नपर्ने भएकाले सजिलो भएको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो । भिमसेन थापा गाउँपालिकामा सरस्वती माध्यामिक बिधालयले ले नै पहिलो पटक परीक्षाफल अनलाइन मार्फत सार्वजनिक गरेको उहाँको भनाई छ ।

हामीले वि.स २०७५ सालमा अनलाइन सेवा सुरु गर्यौ विविध कारणले गत बर्षको परीक्षाफल अनलाइन मार्फत प्रकाशित गर्न सकेनौं, यस बर्ष भने प्रकाशित गरेका छौ, उहाँले भन्नुभयो । उहाँका अनुसार २८१ जना विद्यार्थी सहभागी रहेको परीक्षामा समग्रमा सम्पुर्ण विद्यार्थीको नतिजा राम्रो रहेको छ । परीक्षाको नतिजा http://.online.saraswatimavi.edu.np लग इन
गरेर हेर्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com