- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा ५ सय ६० जनाको कोरोना परीक्षण सम्पन्न

April 30, 2020
864
Shares
- ADVERTISEMENT -

गोरखा,१८ बैशाख २०७७। गोरखामा ५ सय ६० जनाको ¥यापिड डाइगनेस्टिक टेस्ट बिधी मार्फत कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाका अनुसार गोरखा जिल्ला भित्रका ११ वटै स्थानीय तहहरुमा बिदेशबाट आउने तथा सम्भावित कोरोनाको जोखिम भएका व्यक्तिहरुमा परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये २ जनाको नेगेटिभ देखिएको भएपनि पिसिआर बिधीबाट पुनः परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टी भएको हो । गोरखा जिल्ला भित्रका कुल २८ जना व्यक्तिहरुको अहिलेसम्म पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अघिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला भित्रका आन्तरिक जनशक्तिको परिचालन गरी ¥यापिड डाइगनेस्टिक टेस्ट बिधि मार्फत कोरोना परीक्षण गरिएको हो । अहिले पनि आबश्यकताका आधारमा गाउँपालिकाले माग गरे अनुसार आरडिटी किट उपलब्ध गराइएको स्वास्थ्य कार्यालय ले जनाएको छ ।

कोरोना परीक्षणका लागि गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका ल्याब टेक्निसियनलाई तालिम प्रदान गरिदै आएको छ । त्यस्तै गाउँपालिका भित्र १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई ¥यापिड डाइगनेस्टिक टेस्टपछि घर फिर्ता गर्ने गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com