- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नौ सय बेड क्वारेन्टाइन निर्माणमा गोरखा रेडक्रसको सहयोग

April 27, 2020
763
Shares
- ADVERTISEMENT -

गोरखा, १५ बैशाख २०७७ । विश्वभरी फैलिएको नाबेल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाले नौ सय बेड निर्माणका लागि ओड्ने र ओछ्याउने कम्मल , त्रिपाल हस्तन्तरण गरेको छ ।

जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक २ वटा नगरपालिका र ८ वटा गाउँपालिकाका लागि क्वारेन्टाइन स्थल निर्माणका लागि उपशाखा मार्फत सहयोग गरिएको गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल रेडक्रस सोसाईटी केन्द्रबाट प्राप्त भएको तीनसय थान मास्क उप-शाखाहरुलाई प्रदान गरिएको उनको भनाई छ । गोरखा भित्र प्रवेश गर्ने नाका, कारगार लगायतका अत्यावश्क स्थानहरुमा मागका आधारमा टेन्ट हाउस समेत निर्माण गरिएको छ ।

जिल्ला शाखा अन्तर्गत रहेका २५ वटा उपशाखा मार्फत पालिकाहरुलाई सहयोग गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com