दैलेख १४ बैशाख २०७७ । नेपाली काँग्रेस दैलेखले जिल्लाका विभिन्न स्थानीय तहमा राहत हस्तान्तरण गरेको छ । कोरोनाका कारणले गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरीमा काम गर्ने र अति विपन्न घर परिवारलाई खाध्यान्न संकट कम गर्नका लागि नेपाली काँग्रेस दैलेखले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्लाको ठाटीकाँध गाउँपालिका, भैरबी गाउँपालिका, दुल्लु नगरपालिका, आठबिस नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई महाधिबेसन प्रतिनिधि दिक्पाल कुमार शाहि र नेपाली काँग्रेसका युवा नेता समाजसेवी बासुदेब शर्माको आर्थीक सहयोगमा दैनिक उपभोग्य खाध्यान्न सामाग्री उपलब्ध गराएको हो ।
पब्लिक हिमाल यातायात प्रा लि का अध्यक्ष खगेन्द्र प्रसाद शर्माको सामाग्री ढुवानी सहयोगमा पालिकाहरुलाई ८ लाख बराबरको खाध्यान्न सामाग्रीहरु नेपाल सरकारको एकद्धार प्रणाली अनुसार हस्तान्तरण गरीएको छ ।
खाध्यन्न सामाग्रीहरु तेल, चामल, आयोडिन नुन र हात धुने साबुन, जिल्लाका पालिकाहरु मार्फत दैनिक ज्याला मजदुरीमा काम गर्ने र अति विपन्न घर परिवारलाई बितरण हुनेगरी हस्तान्तरण गरीएको नेपाल प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिनुभयो ।









































