- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अजिरकोट गाउँपालिकाले काठमाडौँबाट आफ्नो नागरिक उद्वार गर्ने

April 25, 2020
554
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, १३ बैशाख २०७७ । गोरखाको अजिरकोट गाउँपालिकाले काठमाडौँमा लकडाउनबाट समस्यामा परेका तथा घर फर्किन चाहाने आफ्नो नागरिकलाई उद्वार गरेर आफ्नो पालिका फर्काउने निर्णय गरेको छ ।

आ-आफ्नो वडा अनुसार नामावली तयार पारी सहज तरिकाबाट काठमाण्डौमा दैनिक गुजारा चलाउन कठिन भई अलपत्र परेका अजिरकोटबासी नागरिकलाई नि:शुल्क यातायातको व्यवस्था गरी गाउँमा ल्याउने तयारी भएको जनाएको हो । सवैको अजिरकोट प्रवेश गरे पछि थर्मल गनले ज्वरो जाच गर्दै, अबिभावकको जिम्मा लगाइ, सवैजना अनिबार्य १४ दिनसम्म धरभित्र क्वारेन्टाइनमा बस्नु पर्ने गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धितालले बताउनु भयो । गाउँपालिकाले व्यवस्था गरेको सवारी साधनमा सुरक्षित रुपमा पालिका आईपुगेपछि भने नागरिक स्वयम् आफ्नो सम्बन्धित ठाउँमा फर्किनु पर्ने छ, उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

गाउँ आउन चाहानेहरुले सम्बन्धित वडाका वडाध्यक्षहरुलार्ई जानकारी गराउन आग्रह गर्दै करिब ७ वटा सवारी साधनबाट १६ गते गाउँपालिका भित्रका नागरिकहरुलाई सावधानीका साथ लिएर आउने व्यवस्था मिलाइएको अध्यक्ष फणिन्द्र प्रसाद धितालले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com