- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखामा ४० थान थर्मल गन र पाँच हजार मास्क वितरण

April 21, 2020
807
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ९ बैशाख २०७७ । गोरखाको स्थानीय तहमा ४० थान थर्मल गन र पाँच हजार मास्क वितरण गरिएको छ । पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखाका स्थानीय तह, अस्पताल र सुरक्षा निकायलाई थर्मल गन उपलब्ध गराउनु भएको हो ।

गण्डकी गाउँपालिकालाई नौ, भिमसेन थापा गाउँपालिकालाई आठ, गोरखा नगरपालिकालाई सात, सुरक्षा निकायलाई चार, चुमनुव्री गाउँपालिकालाई चार, धार्चे गाउँपालिकालाई दुई, सहिद लखन गाउँपालिकालाई दुई, गोरखा अस्पताललाई दुई, लायन्स क्लवलाई एक, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखालाई एक थान थर्मल गन वितरण गरिएको छ ।

‘स्थानीय तह, सुरक्षा निकाय, अस्पताल र रेडक्रसलगायतलाई गरी ४० थान थर्मल गन आज उपलब्ध गराएको हुँ,’ ‘चुमनुव्री, धार्चे, गण्डकी, सहिद लखन गाउँपालिका र गोरखा नगरपालिकालाई गरी पाँच हजार थान मास्क पनि उपलब्ध गराएको छु।’ उहाले भन्नुभयो ।

कोरोनाभाइरस महामारीपछि स्थानीय तहमा थर्मल गन र मास्क अभाव छ । गोरखाको आरूघाट गाउँपालिका घर भएका खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । आफूले गृह जिल्लाका स्थानीय तह र माग भई आएका आवश्यक ठाउँमा सामग्री उपलब्ध गराएको खत्रीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -