गोरखा, ७ बैशाख २०७७ । गोरखाको पालुङटार नगरपालिकामा र्यापिड डाइनोस्टिक टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।
पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा र्यापिड डाइनोस्टिक टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएको थियो । बिहीबार कोरोना परीक्षणका क्रममा एन्टिवडी पोजेटिभ देखिएपछि उहाँको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनभयो ।। ती महिला चैत ३ गते जापानबाट फर्किनुभएको थियो ।