- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाग्लुङ्गकी संक्रमित महिला पनि निको भएर घर फर्किने तयारीमा

April 18, 2020
716
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ६ बैशाख २०७७ । बाग्लुङ्गकी ६५ वर्षीया वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत नेपालको छैटौं कोरोना भाइरस संक्रमित वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनी कोरोना मुक्त भएको धौलागिरि अञ्चल अस्पताल बाग्लुङ्गका मेडिकल सुपरिटेन्डेट डा शैलेन्द्र पाेखरेलले जानकारी दिनुभयो । उहालाई डिस्चार्ज गर्ने तयारी गरिएको जानकारी गराइएको छ ।

बेल्जियमबाट कतार हुँदै नेपाल आउनु भएकी गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -