- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखाको भिमसेन थापा गाउँपालिकामा २३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

April 17, 2020
909
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ५ बैशाख २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकामा २३ जनाको र्‍यापिड टेस्ट सम्पन्न गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) को परीक्षण २३ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएको छ ।

पालिकाभित्र गत चैत्र १ गतेदेखि हालसम्म भारत लगायत विभिन्न मूलुकबाट आएका २३ जना गाउँपालिकाका नागरिकहरुको वैशाख २ गते बगुवा स्वास्थ्य चौकीमा कोरोना भाइरस (कोभिड १९) को द्रुत परीक्षण गर्दा परीक्षण गरिएका २३ जनामा नै नेगेटिभ देखिएको भिमसेनथापा गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले प्रतिवेदन सार्वजनिक गर्दै भिमसेनथापा गाउँपालिकामा हाल कोरोना भाइरस (कोभिड १९) बाट आत्तिइहाल्नुपर्ने स्थिति नभएको तर बढी सजगता अपनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -