- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भिमसेन थापा गाउँपालिकाद्वारा अति विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत वितरण

April 16, 2020
863
Shares
- ADVERTISEMENT -

गोरखा, ४ बैशाख २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिकाभित्रका अति विपन्न बर्ग तथा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने मजदुरहरुलाई दैनिक छाक टार्न समस्या परेका घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

विश्वभरी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को यो जटिल परिस्थितिमा गोरखाको भिमसेन थापा गाउँपालिकाद्वारा अति विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुलाई खाधान्न राहत वितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

८ वडा रहेको भिमसेनथापा गाउँपालिमा ७ सय ६३ घर परिवारलाई ९५ क्वीन्टल (९ हजार ५ सय किलो) चामल, नुन, दाल, तेल वितरण गरेको र राहत वितरणमा नेपाल सरकारको कुनैपनि कोष रकमबाट तलब भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ता नपाएका घरपरिवारलाई मात्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणको राहत वितरण गाउँपालिकाका सबै वडामा गरिएको र आवश्यकता अनुसार दोस्रो चरणको राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज बिहिबार राहत वितरणमा वडा नं ३ ले ९ क्वीन्टल चामल, नुन, दाल र तेल वितरण गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com