- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा आरुघाट युवकको परिवार र छिमेकीमा कोरोना परीक्षण गरिने

April 16, 2020
524
Shares
- ADVERTISEMENT -

गोरखा, ४ बैशाख २०७७ । जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी गोरखा आरुघाटका युवकको परिवार र छिमेकीमा कोरोना संक्रमण परीक्षण गर्ने तयारी आरुघाट गाउँपालिकाको छ ।

बहराइनबाट फागुन २२ गते फर्किएका युवकको मंगलबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमण नभएका पाइएको थियो ।र्‍यापिड टेस्टमा एन्टीवडी पोजेटिभ देखिएका आरुघाट गाउँपालिका–५ का युवकको परिवारका सदस्य र छिमेकीको पनि कोरोना परीक्षण गरिने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीसँग सम्पर्कमा रहेका परिवारका अन्य सदस्य र छिमेकीहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिने गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताउनु भयो । ‘चैत्र १ गतेभन्दा पछाडि विदेशबाट जो जो आउनुभएको छ, उहाँहरुको र परिवारका सदस्यको परीक्षण गर्ने योजना छ’ उहाले भन्नुभयो ।

आरुघाट गाउँपालिकामा चैत १ गतेपछि विदेशबाट ३९ जना फर्किएको पाइएको छ । ‘लकडाउनले बिदेशमा रहेका मान्छे त रोकिए तर देश भित्रको विभिन्न जिल्लाबाट गाउँ आउने क्रम रोकिएको छैन, यसले पनि संक्रमणको जोखिम बढाएको छ,’ अध्यक्ष दाहालले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

कोरोना संक्रमणको जोखिम क्षेत्रबाट आएकाहरुलाई राख्न आरुघाट गाउँपालिकामा १० शय्याको क्वारेन्टाइन बनाइएको छ । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई शय्याको आइसोलेसन वार्ड बनाइएको अध्यक्ष दाहालले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com