- ADVERTISEMENT -

आयोजना निर्माणका लागि खरिद गरिएका सामाग्री सुरक्षित भण्डारण गर्न आग्रह : गण्डकी गाउँपालिका

April 4, 2020
845
Shares
- ADVERTISEMENT -

गोरखा २२ चैत २०७६ । गोरखाको गण्डकी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका बेला बिभिन्न अयोजनाहरुको काम प्रभावित भएको भन्दै आयोजना निर्माणका लागि खरिद गरिएका सामाग्री सुरक्षित भण्डारण गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले खानेपानी, सिंचाई, खानेपानीका ट्याङकी निमार्ण, भवन, कुलो लगायतका संरचनामा निर्माणका लागि खरिद गरिएका सामाग्री सुरक्षित गर्न उपभोक्ता समिति तथा सरोकारवालाहरुलाई भनेको हो ।

- ADVERTISEMENT -

Advertisement

‘गुणस्तर ह्रास भएका सामाग्रीहरु प्रयोग गरी निर्माण सम्पन्न भएका संरचनाहरुले योजनाको दिगोपना नहुने भएकाले सचेतना अपनाउन सम्बद्ध सवैलाई बिशेष अनुरोध गर्छौ ।’ गाउँपालिकाद्धारा शुक्रबार जारी सूचनामा भनिएको छ ।

कोरोना भाइरसका कारण बिश्वव्यापी रुपमा समस्या आएपछि नेपालमा पनि गत चैत ११ गतेदेखि लकाउनको घोषणा गरेपछि चालु आर्थिक बर्ष २०७६÷०७७ मा कार्यान्वयन भईरहेका योजनाहरु निर्माणको काम ठप्प भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -