Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०१:१२ दिउँसो
- ADVERTISEMENT -

इच्छाकामनाले ग¥यो ४६ मजदुरकोे उद्वार

प्रकाशित मिति: २०७६ चैत २१, शुक्रबार

592
Shares

मुग्लिन, २१ चैत २०७६ । चितवनको गाउँपलिका इच्छाकामनाले विभिन्न स्थानमा अलपत्र परेका आफ्ना गाउँपालिकावासी नागरिकको उद्वार गरेको छ ।

कोरोना भाइरसको प्रभावका कारण जारी लकडाउनका समयमा ४६ नागरिक अलपत्र परेको खबर आएसँगै गाउँपालिकाले उद्वार गरेको हो । समुद्र कन्स्ट्रक्शनले पर्वतमा निर्माण गरिरहेको सिँचाइ आयोजनामा काम गर्न गएका इच्छाकामना–१ हात्तीवाङ र मेत्राङका ३४, गोरखा धार्चे गाउँपालिकामा सडक निर्माणमा गएका इच्छाकामना–३ माझगाउँका तीन र कास्की बेगनासमा मजदुरी गर्न गएका इच्छाकामना–४ धारापनी गैरीगाउँका नौ गरी ४६ जनाको उद्वार गरिएको छ ।

कार्यस्थलमै अलपत्र परेका उनीहरुको उद्वारका लागि गाउँपालिकाले एक बस पर्वत, एक म्याजिक भ्यान पोखरा र गाउँपालिका उपाध्यक्षले प्रयोग गर्ने गाउँपालिकाकै गाडी गोरखा पठाएको थियो । कास्की र धार्चेबााट उद्वार गरी ल्याइएकालाई उनीहरुकै घरमा होम क्वारेन्टाइनमा राख्न पठाइएको छ भने पर्वतबाट ल्याइएकालाई हात्तीवाङ र मैत्राङमा गाउँपालिकाले निर्माण गरेको मास क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

उद्वार गरी ल्याइएका मजदुरलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले इच्छाकामना गाउँपालिकाको प्रवेशनाका मुग्लिन पुलजीपमा स्वागत गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -