- ADVERTISEMENT -

भीमसेन थापा गाउँपालिकाको निर्णय : १५ लाखको आकस्मिक “कोरोना कोष” स्थापना

April 2, 2020
1465
Shares
- ADVERTISEMENT -

गोरखा, २० चैत २०७६ । भीमसेन थापा गाउँपालिकाका नौ वटै वडामा गरी विदेशबाट आउनेको संख्या २१ रहेको छ । उनीहरु सबै सेल्फ क्वारेण्टाइनमा रहेको र पूर्ण रुपमा स्वस्थ रहेको गाउँपालिकाका प्रमुख पाण्डेले बताउनु भयो । कुनै ब्यक्ति शंकास्पद, बिरामी भएमा राख्ने उद्देश्यले प्रत्येक वडामा पाँचपाँच वटाका दरले ४० वटा क्वारेण्टाइन निर्माण गरिएको छ । उनीहरुका लागि साबुन, सेनिटाइजर, मास्क लगायतका आधारभूत सामग्री तयारी अबस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

गोरखाको भीमसेनथापा गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु १५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । आज बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश सरकारबाट प्राप्त पाँचलाख रुपैयाँमा गाउँपालिकाको कोषबाट १० लाख थप गरी १५ लाख रुपैयाँको कोष स्थापना गरिएको बैठकपछि गाउँपालिकाका प्रमुख इश्वर पाण्डेद्वारा हस्ताक्षरित अपिल पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, उक्त बैठकले दैनिक ज्यालादारीबाट जीवन गुजारा चलाएका, अति विपन्न, सीमान्तकृत समुदायलाई खाद्य राहत दिने पनि निर्णय गरिएको, तथ्यांक संकलन र तथ्यांक विश्लेषण गरी खाद्य राहत वितरण गरिने उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकामा कोरोना भाइरस प्रवेश गर्नबाट रोकथाम गर्न तथा भाइरसबाट कोही संक्रमित भएमा नियन्त्रण तथा उपचारका लागि काम गर्न प्रतिकार्य समूह गठन गरिएको गाउँपालिकाले जनाएको छ । सो समितिले कोरोनासम्बन्धी जनचेतनाका कार्यक्रम गर्ने, विदेशबाट आएकाहरुको निगरानी गर्ने काम गर्ने गाउँपालिकाका प्रमुख पाण्डेले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -