Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:५६ दिउँसो
- ADVERTISEMENT -

गोरखामा अहिलेसम्म ६ जना सामुहिक क्‍वारेन्टाइनमा, २४४ जना होम क्‍वारेन्टाइनमा

प्रकाशित मिति: २०७६ चैत २०, बिहीबार

730
Shares

गोरखा, २० चैत २०७६ । गोरखामा अहिलेसम्म ६ जना सामुहिक क्‍वारेन्टाइनमा र २४४ जना होम क्‍वारेन्टाइनमा रहेका छन् । भारतबाट आएका चार र नेपालकै गुल्मी जिल्लाबाट आएका दुई जनालाई सामुहिक क्‍वारेन्टाइनमा राखिएको अरु सबैलाई होमक्‍वारेन्टाइनमा राखिएको छ ।

भारतबाट उद्धार गरी ल्याइएका तीनजनालाई शहीद लखन गाउँपालिका -२ आरुबोटस्थित बालज्योति आधारभूत विद्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए । उनीहरुलाई घरमै खाना बनाई ल्याएर खुवाउने गरिएको उनले बताए ।

त्यस्तै बारपाक सुलीकोट २ बारपाक गाउँमा भारतबाट आएका एक जनालाई स्थानीय स्वाथ्यचौकीमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । उनलाई खाने र सुत्ने प्रबन्ध सोही स्वास्थ्यचौकीमा गरिएको छ ।

गुल्मीबाट फर्केका दुई जनालाई धार्चे ३ उहियाँमा रहेको पार्वती आधारभूत विद्यालयमा क्‍वारेन्टाइनमा राखिएको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

उहियाँको चारै दिशामा युवाहरु ड्युटी बसी प्रवेश निषेध गरिएको छ। तर गाउँकै चेलीहरु आएपछि उनीहरुलाई सामुहिक क्‍वारेन्टाइनमा राख्ने गरी प्रवेश गराइएको गुरुङले बताए ।

गोरखामा विदेशबाट आउनेको संख्या २४६ पुगेको छ। चार जनाबाहेक उनीहरु सबै सेल्फक्‍वारेन्टाइनमा नै छन् ।

सामुहिक क्‍वारेन्टाइनमा रहनु गोरखाका लागि सुखद पक्ष रहेको क्‍वारेन्टाइन निर्माण गरेको रणसिँह दल गणका गणपति उज्वल केशी बताउँछन्। ‘क्‍वारेन्टाइनमा राख्नुपर्ने शंकास्पद बिरामी नहुनु भनेको सुखद पक्ष हो’, उनले भने ।

नेपाली सेनाले गोरखा नगरपालिकामा ५० बेडको र पालुङटार नगरपालिकामा १९ बेडको क्‍वारेन्टाइन निर्माण गरेको छ । अन्य गाउँपालिकाहरुले पनि विद्यालय तथा अन्य सामुहिक भवनहरुमा सामुहिक क्‍वारेन्टाइन बनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -