गोरखा, १७ चैत २०७६ । पालुङटार नगरपालिका ५ मा १८ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ ।

पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबु कडेल, पालुङटार नगरपालिका उप प्रमुख पम्फा बसेल, पालुङटार नगरपालिका वडा न ५ का वडा अध्यक्ष दिपक पाण्डेको सक्रियतामा पालुङटार नगरपालिकाले बिश्वभरि फैलिरहेको माहामारी कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोकथाम र सुरक्षाको लागि पालुङटार नगरपालिका वडा न ५ धर्मवती प्रा वि ग्राउन्डमा १८ बेडको क्वारेन्टाइन स्थापनाको तयारी पूरा भएको छ ।

उक्त क्वारेन्टाइनमा पालुङटारमा कोरोना भाईरसको आशंका भएका ब्यक्तिलाई राखिने पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबु कडेलले बताउनु भयो । बिदेशबाट आउनु भएका ब्यक्तिहरुलाई आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बस्न समस्या भएमा वा नमानी बाहिर हिड्डुल गरिएको पाइएमा यसै क्वारेन्टाइनमा ल्याई राखिने छ, उहाले भन्नुभयो ।

साथै, केहि समय पहिला पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आपपिपल अस्पताल गोरखाले कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरिसकेको छ ।

अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबु कडेलले बताउनु भयो ।










































