Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१८ बिहान
- ADVERTISEMENT -

पालुङटार र गोरखा नगरपालिकामा १३७ बेडको सामूहिक क्वारेन्टाइन निर्माण

प्रकाशित मिति: २०७६ चैत १६, आइतबार

677
Shares

गोरखा, १६ चैत २०७६ । गोरखाको पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन तयार गरेको छ ।

वडा नं. ५ ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइन बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेड क्षमताको क्वारेण्टाइन बनाइएको उनले बताए ।

आइतबार दिनभर पनि क्वारेण्टाइनलाई स्तरोन्नती गर्ने काम गर्ने स्वास्थ्य शाखा दीपेन्द्र गिरीले जानकारी दिए । ‘सामान्य तरिकाले क्वारेण्टाइन तयार गरेका छौं । आज दिनभर क्वारेण्टाइनस्थल वरिपरि क्लोरिन छर्कने, सरसफाइ तथा पुछपाछ गर्ने काम हुन्छ’, उनले भने, ‘औषधी, उपकरण पनि तयार भइसकेको छ । तातोपानी चिसोपानीको व्यवस्था गर्नुपर्ने छ ।’ आँपिपिपल अस्पतालमा चार बेडको आइसोलेशन वार्ड तयार गरेको उनले बताए ।

डब्लुएचओको मापदण्डअनुसारको पिपिई पनि तयार रहेको उनले बताए । ‘आँपपिपल अस्पतालमा पाँचसेट पिपिई थियो । अहिले ३० सेट ल्याएका छौं’, उनले भने, ‘२९ सेट पिपिई स्थानीयस्तरमा नै तयार गरेका थियौं ।’ अक्सिजन सिलिण्डर, मास्क पनि पर्याप्त भएको तर किटको अभाव रहेको उनले बताए ।

पालुङ्टार नगरपालिकाभरि विदेशबाट आउनेको संख्या २६ रहेको छ । उनीहरुको अबस्था अहिलेसम्म सामान्य रहेको नगरपालिकाले जनाएको छ । ‘अहिले त सबैलाई होम क्वारेण्टाइनमा बस्न भनेका छौँ । थप समस्या देखा प¥यो भने यहाँ ल्याउने हो’, नगरप्रमुख कँडेलले भने ‘अहिलेसम्म विदेशबाट आएका २६ जना भेटिएका छन् । उनीहरुलाई वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यका कर्मचारीहरुले रेखदेख गरिरहनु भएको छ ।’ अहिलेसम्म केही समस्या नदेखिएको उनले बताए ।

सामुहिक क्वारेण्टाइन सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सञ्चालक तथा व्यवस्थापन समिति गठन गर्नुपर्ने प्रावधान छ । तर गोरखामा स्रप्रजिअ छैनन् । समितिको संयोजक तोक्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

एमपीएच वा एमडीजीपी संयोजक रहेको स्वास्थ्यकर्मीको समूह गठन पनि हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सामुहिक क्वारेण्टाइनका लागि मेयरको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -