Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:५७ बिहान
- ADVERTISEMENT -

कोरोना परीक्षण प्रयोगशाला पोखरामा सञ्चालन गर्न माग

प्रकाशित मिति: २०७६ चैत १६, आइतबार

698
Shares

पोखरा, १६ चैत २०७६ । कोरोना रोग नियन्त्रणमा अहोरात्र खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णको उच्च मनोबलका लागि विमाको साथै प्रोत्सहान भत्ताको व्यवस्था गर्न पनि माग गरिएको छ ।

लकडाउनको कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरहरुलाई जीवन सञ्चालनका लागि तत्कालै आवश्यक आर्थिक सहायता प्याकेजको घोषणा गर्न पनि कांग्रेसले माग गरेको छ ।नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले पोखरामा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनको ब्यबस्था मिलाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिएको छ ।

आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक पत्र लेखी संसदीय दलको कार्यालयले पहिलो चरणमा पोखरामा र दोस्रो चरणमा जिल्लाजिल्लामा स्वाब परीक्षण गर्ने ब्यबस्था मिलाउनका लागि आग्रह गरेको कांग्रेसका संसदीय दलका सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपालीद्वारा हस्ताक्षरित सो सुझाव पत्रमा संघ सरकारले चीनबाट मगाएको पिपिई किट र अन्य स्वास्थ्य सामग्रीहरु तत्काल प्रदेशमा पनि मगाएर सबै जिल्लाहरुमा पु¥याउने व्यवस्था मिलाउन पनि माग गरेको छ । त्यसैगरी प्रदेश सरकारले आफ्नो कोषबाट पनि त्यस्तो उपकरण र सामग्री खरिद गरी समस्यालाई सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोरोना महामारी नियन्त्रणको लागि देश लकडाउन भइरहेको समयमा अन्य बिरामीहरुको उपचारको आवश्यक प्रबन्ध गर्न पनि सुझाव दिइएको छ । आजका मितिसम्म कोरोना संक्रमण देखिएका विरामीका साथसाथै विमानमा यात्रा गर्नेहरुको तत्काल पहिचान गर्न तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी तत्काल कोरोना परिक्षण गर्न र परिक्षणको परिणाम नआएसम्म क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्न पनि सुझाव दिइएको छ ।

त्यस्तै कांग्रेस संसदीय दलले बैकबाट ऋण लिएकाहरुले बुझाउनुपर्ने ब्याज तथा किस्ता वापतको रकम महामारी नियन्त्रणमा आएपछि तिर्न पाउने व्यवस्था मिलाउन र अत्यन्त कमजोर आर्थिक स्थितिका ऋणीको पहिचान गरी सरकारले नै ऋण मिनाहा गर्ने कार्यक्रम ल्याउन पनि सुझाव दिइएको कांग्रेसका संसदीय दलका सदस्य दवाडीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -