- ADVERTISEMENT -

कोरोना संक्रमित युवती र म एउटै फ्लाइटमा आएको होइनौं

March 24, 2020
1396
Shares
- ADVERTISEMENT -

गोरखा, ४ चैत २०७६ । म कतार एयरवेजबाट काठमाडौं आएको हुँ । म यही चैत ६ गते विहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान अवतरण भएको थिएँ । गाउमा गत चैत ४ गते काठमाडौं आएको भन्ने हल्ला चलेको रहेछ । म र काठमाडौंमा कोरोनाको संक्रमणपछि उपचार गराइरहनु भएकी युवती एउटै फ्लाइटबाट काठमाडौं आएको भन्ने हल्ला चलेपछि मेरा शुभचिन्तक र आफन्तले धेरै नै फोन गर्नुभयो ।

मेरो गाउँका एकजना स्वास्थ्यकर्मीले म चैत ४ गते अर्थात मार्च १९ तारिखमा काठमाडौं आएको भनेर लेख्नु भएछ । म चाही ६ गते १९ तारिख आएको हुँ । ४ गते १७ तारिख थियो ।

- ADVERTISEMENT -

Advertisement

म १० वर्षदेखि पोर्चुगल बसोबास गरिरहेको छु । म नेपाल आउनुअघि उत्तरी पोर्चुगलमा कोरोना देखिएको भन्ने खबर आएको थियो । म पश्चिममा बस्छु ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मैले सम्पूर्ण विवरण भरेको छु । त्यहाँबाट पनि बुझ्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

म शिक्षित मान्छे हुँ । विश्वव्यापी रुपमा फैलिएको यो माहामारीको कुनै संकेत देखिएको भए स्वास्थ्यकर्मीको सम्पर्कमा आफैँ जान सक्थेँ। मेरो बारेमा गलत हल्ला चलेको हो । गोरखाको भीमसेन थापा गाउँपालिका–४ का भुवन सिंखडाको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल  लाइभको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -