- ADVERTISEMENT -

मकवानपुरमा सेनाले बनायो ५० शैयाको क्वारेन्टाइन

March 22, 2020
876
Shares
- ADVERTISEMENT -

हेटौंडा, ९ चैत २०७६ । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसलाई मध्येनजर गर्दै भीमफेदी गाउँपालिका–१ सामरी पुल नजिकै क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बेलैमा वच्नका लागि क्वारेनटाइन निर्माण गरिएको जनाइएको छ ।

हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने छोटो मार्गको सामरी पुल भन्दा माथि सेना प्रयोग गर्दै आएको चौरमा क्वारेन्टाइन निर्माण गरिएको पुरानो गोरखगणका गणपति अनिल वुढाथोकीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

बाग्मती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार हेल्थ डेस्क, विभिन्न स्थानमा गरिने चेकजाँचमा नेपाली सेनाले सहयोग गर्ने बुढाथोकीले बताए । उनले नेपाली सेना जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । त्यस्तै बागमती प्रदेश सरकारले हेटौंडाका चार स्थानमा ५ सय शैयाको क्वारेनटाइन निर्माण गर्न थालेको छ ।

प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका–११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैया, हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानमा १ सय शैया, गौरीटार संगशालामा १ सय शैया, र कर्रा्स्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय शैया गरी ५ सय शैया क्वारेन्टाईन निर्माण गर्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

कोरोना भाइरसका कारण संक्रमित भए राख्नका लागि आफ्नो होटललाई क्वारेन्टाइन बनाउन हेटौंडाका दुर्य व्यवसायीले आग्रह गरेका छन् । उनिहरुले सरकारलाई आवश्यक परे होटल उपलब्ध गराउने बताएका हुन् ।

होटल व्यवसायी दीपक सिवाकोटी हेटौंडा–४ खोपेगल्लीमा रहेकोे होटल आशिर्वाद र आशिर्वाद थकाली थानाभ¥याङमा रहेको होटल उपलब्ध गराउने घोषणा गरेका छन् यस्तै महेश थापाले हेटौंडा–८ कालिका टोलमा रहेको सुबिधा सम्पन्न पार्टी प्यालेसलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।

कोरोनाको सूचना लिन वा दिन ०५७–५२३३८४ मा फोन गर्नुस्

बाग्मती प्रदेशमा कोरोना भाइरससँग सम्वन्धित सूचना लिन वा दिनु परेमा टेलिफोन नम्बर ०५७–५२३३८४ गर्न आग्रह गरिएको छ । बाग्मती प्रदेश स्तरीय कोरोना भाइरस नियन्त्रण समितिको सचिवालयले यो नम्बरमा सूचना लिन वा दिन परेमा फोन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरस नियन्त्रणको निम्ति सूचना संकलन प्रवाह तथा केही समस्या परेमा सचिवालयको नम्बरमा फोन गर्न नियन्त्रण समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताउनु भयो ।

बाग्मती प्रदेश सरकारले गरिरहेको कामको जानकारी दिन सचिवालय स्थापना गरिएको हो । सो सचिवालयमा प्रदेशबासीले कोरोना सम्बन्धमा कुनै जानकारी तथा दिन सक्छन् । राजधानीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -