- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह

March 19, 2020
1720
Shares
- ADVERTISEMENT -

गोरखा, ६ चैत २०७६ । गोरखा जिल्लाबासी तथा विदेशी नागरिकलाई आवत जावत नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै छिमेकी देशहरुमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सम्भावित जोखिम न्यूनिकरण गर्न जिल्लाबासी तथा विदेशी नागरिकलाई आवत जावत नगर्न आग्रह गरिएको हो ।

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाद्वारा जारी सूचनामा जिल्लास्थित विद्यालय, क्याम्पस, इन्स्टिच्यूट, पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता शैक्षिक, धार्मिक, सांस्कृतिक, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै जमघट हुनसमेत रोक लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -