- ADVERTISEMENT -

गोरखाको पालुङटारका बिधालयमा पानी शुद्धिकरण मेसिन जडान

March 18, 2020
985
Shares
- ADVERTISEMENT -

गोरखा ५ चैत २०७६  । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योती जनता माध्यामिक बिधायलमा करिब ५० लाखको लागतमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । बिधालयमा स्वच्छ खानेपानीको अभाव हुदै आएपछि गोरखा फाउण्डेसन नेपालको समन्वयमा पानी शुद्धिकरण मेसिन जडान गरिएको बिधालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो ।

‘अहिले ६ वटा च्याम्बर मेसिन राखिएको छ, प्रधानध्यापक देवकोटाले भन्नुभयो, ‘एउटा मेसिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियम जस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्काे मेसिनले शरीरलाई आवश्यक पर्ने लवणहरु थप्छ ।’ मेसिनबाट प्रशोधित भएर पानी ट्याङकीमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

बिधालयमा बालबालिकालाई शुद्ध पिउनेपानीको अभावमा जथाभावी पानी पिउने गर्दा स्वास्थ्यमा समस्या आउने गरेको थियो । प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब १ हजार ८ सय मिटर दुरीमा रहेको धारापानी मुहानबाट बिधालयमा पानी ल्याइएको छ । ‘मुहानबाट ल्याइएको पानी मेसिनबाट प्रशोधित हुँदै पानी शुद्धिकरण भएर ट्याङकीमा जम्मा हुन्छ, उहाँले भन्नुभयो, ‘पानी संकलनका लागी एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कको व्यवस्था गरिएको छ ।’

जडान गरिएको मेसिनले १ घण्टामा करिब १ हजार ५ सय लिटर पानीसम्म पानी फिल्टर गर्नसक्ने उहाँले बताउनुभयो । पानी शुद्धिकरण मेसिन राख्नका लागि बिधालयले रु २ लाख ५० हजार रुपैयाको लागतमा सुरक्षित अस्थायी घर समेत निर्माण गरेको प्रधानध्यापक देवकोटाले जानकारी दिनुभयो । ‘शुद्धिकरण भएको पानी बिधार्थी तथा शिक्षकहरुले पिउनका लागि ४ वटा धारा जडान गरिएको छ, उहाँले भन्नुभयो, धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छौ, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेसिन जडान गरिएको उहाँले बताउनुभयो । मेसिन जडानका क्रममा फाउण्डेसनले बिधालयका ३ जना शिक्षकलाई वाटर पिउरोलोजिष्ट सम्बन्धी एक दिने तालिम समेत प्रदान गरेको बिधालयले जनाएको छ । बिधालयमै स्वच्छ पिउनेपानीको सुबिधा भएपछि बिधार्थी, अभिभावक र शिक्षक सवै खुशी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -