- ADVERTISEMENT -

गोरखाका चार स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा स्तरोन्नति हुने

March 16, 2020
1316
Shares
- ADVERTISEMENT -

गाेरखा, ३ चैत २०७६ । गोरखाका चार स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।

सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यस वर्ष २ सय ३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ शैयाको  अस्पतालमा स्तरोन्नती गर्ने क्रममा गोरखाका चार स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अश्राङ स्वास्थ्य चौकी, भच्चेक स्वास्थ्य चौकी, लापु स्वास्थ्य चौकी  र सिर्दिबास स्वास्थ्यचौकी १५ शैयाको अस्पतालमा स्तरोन्नती हुने भएकाे हाे ।

भिमसेन थापा गाउपालिकाकाे अश्राङमा रहेकाे अश्राङ स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकी, धार्चे गाउँपालिका लापु स्वास्थ्य चौकी र चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति  हुने भएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -