Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:४८ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका ३ पदाधिकारीको शपथ

प्रकाशित मिति: २०७६ फागुन २८, बुधबार

827
Shares

पोखरा, २८ फागुन २०७६ । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका ३ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषिराम पाण्डे र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले आज पद तथा गोपनीयताको शपथग्रहण गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डे र प्रेस संयोजक न्यौपानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

ताल विकास प्राधिकरणका कार्यकारी निर्देशक गुरुङलाई प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शपथग्रहण गराए । कार्यक्रममा मुख्यमन्त्री गुरुङले नियुक्त पदाधिकारीले प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि इमान्दाररूपमा लाग्नुपर्ने बताए ।

जागिरे सोचभन्दा पनि सेवाभावबाट क्रियाशील बन्नुपर्ने बताउँदै उहाँले नतिजा दिने किसिमबाट काम गर्न आग्रह गरे । उनले ताल विकास प्राधिकरणसँगै पोखरा र आसपासका तालतलैयाको संंरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रदेशभित्रका ताललाई प्राधिकरणमातहत ल्याउँदै प्रत्येकको शाखा कमिटी निर्माण गरी अघि बढाइने उनले जानकारी दिए ।

प्रदेशमा कर्मचारीको दक्षता अभिवृद्धि गर्दै सुशासन र विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान उपयोगी बन्ने उनले विश्वास व्यक्त गे । प्रदेशमा भए-गरेका कामलाई प्रचार प्रसार गरी जनतामाझ पुर्याउन प्रेस संयोजकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लम्सालले प्रदेश सरकारले कामलाई व्यवस्थित गर्ने लक्ष्यलाई पूरा गर्न पदाधिकारी नियुक्तिसँगै थप सहज हुने विश्वास व्यक्त गरे ।

ताल, पोखरी, कुवाकुण्डको संरक्षण सरकारको प्राथमिकताका साथ अघि बढाएको बताउँदै उनले वातावरण संरक्षणसँगै समृद्धि र विकासको लक्ष्य पूरा गर्न प्राधिकरण उपयोगी बन्ने विश्वास व्यक्त गरे । प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पदाधिकारी नियुक्तिसँगै सम्बद्ध निकायमा कामले थप गति लिने बताए । नवनियुक्त गुरुङ, पाण्डे र न्यौपानेले प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै योग्यता, क्षमता र दक्षताले भ्याएसम्म प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -