गोरखा, २५ फागुन २०७६ । गोरखाको पालुङटार नगरपालिकामा दुई दिने अभिमुखिकरण कार्यक्रम भएको छ ।

पालुङटार नगरपालिकाको आयोजनामा नगरपालिकाका महिला जनप्रतिनिधिहरु र महिला कर्मचारीहरुको लागि संचालन भएको २ दिने क्षमता अभिवृद्धि तया अभिमुखिकरण कार्यक्रममा सहजीकरण कार्यक्रम भएको थियो ।

उक्त सहजीकरण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ई.दिपक बाबू कडेल, त्यसैगरी नगरपालिका उप प्रमुख पम्फा बसेलले सहजीकरण गर्नु भएको थियो । क्षमता अभिवृद्धि तया अभिमुखिकरण कार्यक्रममा सहजीकरण कार्यक्रम आज आइतबारसम्म चल्नेछ ।









































