- ADVERTISEMENT -

धार्चे गाउँपालिकाद्धारा दुःख व्यक्त (बिज्ञप्ति सहित)

March 7, 2020
1009
Shares
- ADVERTISEMENT -

गोरखा, २४ फागुन २०७६ । गत बुधबार राती भएको दुर्घटनालाई लिएर धार्चे गाउँपालिकाले आज एक बिज्ञप्ति जारी गर्दै  दुःख व्यक्त गरेको छ ।  गाउँपालिकाले आरुघाट गाँउपालिका–१ र्धोचेतमा भएको जीप दुर्घटनामा पनि ज्यान गुमाएका धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरेको छ । साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्तगरेको छ । उक्त दुर्घटनामा घाईते भई काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारार्थ घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

उक्त बिज्ञप्तिमा भनिएको छ, यहि मिति २०७६।११।२१ गतेका दिन जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरणका लागि धार्चे गाउँपालिका वडा नं ६ काशीगाउँ जाने क्रममा आरुघाट गाउँपालिका वडा नं १ को धोर्चेत जंगलमा गाउँपालिका उपाध्यक्ष लगायत अन्य कर्मचारीहरु चढेको गाडी दुर्घटनाले धार्चे गाउँपालिकाले अपुरणिय क्षति बेहुर्नु परेको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुने वडा नं ६ मा कार्यरत वडा सचिव लमजुङ् वाहुनडाँडा निवासीव स्व किरण रिमालको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहान्छौं । साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्त गर्दछौ । उक्त दुर्घटनामा घाईते भई काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचाररत गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ, गाउँपालिकाका कर्मचारीहरु पशु सेवा शाखामा कार्यरत निशा गुरुङ, धार्चे गाउँपालिका रास्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका फिल्ड सहायक शर्मिला गुरुङ, लाप्राक स्वास्थ्य चौकीका ईन्चार्ज धन बहादुर गुरुङ, फोटोग्राफर केयर सिंह गुरुङ, चालक वालचन गुरुङ र फेज नेपाल पुर्णिमा कार्यक्रमका कर्मचारी सुरज नेपालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस दुर्घटनामा परी मृत्युवरण गर्नु भएका राष्ट्रसेवकको परिवारलाई उचित क्षतिपूर्तीको ब्यवस्था गर्ने तथा घाईतेहरुको उपचारको लागि सम्पूर्ण खर्च ब्यवस्था गरिने धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिकाको कार्यालय

- ADVERTISEMENT -

Advertisement

 माछाीखोला, गोरखा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -