Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:४७ राति
- ADVERTISEMENT -

कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाको अपिल

प्रकाशित मिति: २०७६ फागुन २३, शुक्रबार

947
Shares

गोरखा, २३ फागुन २०७६ । कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले त्यसबाट सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले भीडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ ।

प्रशासकीय अधिकृत हर्क रोकाले बिहिवार एक सुचना जारी गर्दै छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाईरसको संक्रमण ७७ वटा मुलुकमा फैलिएको र ९० हजार भन्दाबढि संक्रमित भएकाले समेत रहन भनिएको छ । सो सूचनापछि पूर्वनिर्धारित कार्यक्रम धमाधम स्थगित हुन थालेका छन् ।

कोरोनाका कारण तीन हजार एक सय १० जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरि कोरोनाको उच्च जोखिम रहेकाले उक्त भाइरहेको संभावित संक्रमणबाट जोगिन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न र नगराउन प्रशासनले अनुरोध गरेको हो ।

आफ्नो स्वास्थ्यबारे नियमित ख्याल राख्न, ब्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, समान्य स्वास्थ्य समस्या देखिएमा चेकजाँच गर्न पनि सुचना मार्फत सर्व साधारणलाई सचेत गराइएको छ । ज्वारो आउने, स्वास प्रश्वासमा समस्या हुने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएमा हेलचेक्राई नगर्न सुझाब दिइएको छ ।

सार्वजनिक स्थलमा भेटघाट, जमघट, सभा सम्मेलन, मेला पर्व जस्ता कुनैपनि कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए । फागुन २६ गते परेको फागुपर्व (होली) को समयमा जथाभावी रङ दल्ने, भिडभाड गर्ने गतिविधि नगर्न अुनरोध गरिएको छ ।

धेरै मानिस एकै ठाउँमा हुँदा स्वासप्रस्वासको माध्यमबाट रोग सर्ने खतरा हुने भएकाले सचेत रहन सर्वसाधरणलाई पनि सुझाब दिँदै आएका छन् । पछिल्लो समय एक आपसमा भेट हुँदा नमस्कार गर्ने हात नमिलाउने, नियमित मास्कको प्रयोग गर्ने क्रम सर्वसाधारणमा बढेको छ । यसले पनि कोरोना भाईरसबाट सुरक्षित रहनु मद्धत पुग्नेछ । बजारमा अहिले माक्सको अभाव छ । मास्क लुकाएर महँगो मा बिक्री गरेको भेटिएका केही ठाउँमा ब्यापारीलाई नियन्त्रणमा लिएर कारवाही भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -