- ADVERTISEMENT -

गोरखामा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु

March 5, 2020
935
Shares
- ADVERTISEMENT -

गोरखा, २२ फागुन २०७६ । गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाईते भएका छन् ।

ग १ ज ५५०५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यू भएको छ ।

- ADVERTISEMENT -

Advertisement

समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा जिप मोडमा चिप्लिएको अनुमान प्रहरीको छ । बुधवार राती ९ः३० बजे सडकबाट करिब दुई सय मिटर तल जिप खसेको छ ।

दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

- ADVERTISEMENT -

Advertisement

जिप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भिर छ । अन्य घाईतेको अवस्था खतरामुक्त रहेपनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चोट लागेको । घाईतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भईरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

धार्चे गाउँपालिका ६ कासिगाउँमा जेष्ठ नगारिक, अपाङ्गता परिचय पत्र बितरण कार्यक्रममका लागि गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीको टोली त्यसतर्फ गएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -