गोरखा, १९ फागुन २०७६ । गोरखाको पालुङटार नगरपालिकाको आयोजनामा ५ वर्षे आवधिक नगर योजना तर्जुमाका लागि दुइ दिने कार्यशाला संचालन गरेको छ ।

नगर प्रमुख ई. दीपक वाबु कंडेलको अध्यक्षतामा संचालन भएको कार्यशालामा प्रमुख अतिथि प्रदेश सभा सांसद हरिशरण आचार्य, अतिथिहरु डा. जगदिश चन्द्र पोख्रेल, डा दिनेश चन्द्र देवकोटा, सरोज देवकोटा तथा नगर उप प्रमुख पम्फा बसेल लगाएत नगरपालिकाका वडा अध्यक्षहरु, सम्पूर्ण वडा सदस्यज्यू, बिषयगत शाखाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार, विकास साझेदारी सस्थाका प्रतिनिधिहरु तथा सरोकारवाला लगायत अन्य महानुभावहरुको सहभागीता रहेको थियो । कार्यशालामा सहभागीहरुलाई नगर उप प्रमुख पम्फा बसेलले
स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यशालामा बिज्ञहरु डा जगदीश चन्द्र पोख्रेल, डा दिनेश चन्द्र देवकोटा, सरोज देवकोटाले योजना तर्जुमा माथि प्रकाश पार्नुका साथै योजना तर्जुमामा बिचार पुर्याउनु पर्ने पक्षहरुमाथि छलफल गर्नु भएको थियो ।
दुइ दिनसम्म संचालन हुने कार्यशालावाट प्राप्त हुने सूचना तथा विषयगत लक्ष्यहरुको आधारमा आगामी ५ वर्षको योजना तय गरिनेछ ।

कार्यशाला संचालनमा एकाउन्टविलिटि इनिसियटिभले प्राविधिक सहयोग गरेको थियो भने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माज्यूले संचालन गर्नुका साथै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।









































