- ADVERTISEMENT -

पालुङटार नगरपालिका -७ मा खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न

March 2, 2020
905
Shares
- ADVERTISEMENT -

गोरखा, १९ फागुन २०७६ । पालुङटार नगरपालिकामा खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका वडा न ७ जोगीथुम स्थित चामपानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् ।

पालुङ्टार नगरपालिका वडा न ७ मा चामपानी खानेपानीको समद्घाट्न समराहमा कृष्ण जि श्रेष्ठको सभापतित्वमा, पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबू कडेलको प्रमुख आथित्यतामा, पालुङटार नगरपालिका वडा न ७ का वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठ, स्वारा सघन गाउ बिकाश केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठको विशेष आथित्यतामा, वडा सदस्य भगवती कुमाल, जप्रतिनिधी, स्थानिय बासिन्दा, केयर नेपालका प्रतिनिधि, समाजसेबी लगायत अन्य महानुभाबहरुको उपस्थितिमा उद्धघाटन कार्य सम्पन्न भएको थियो । चामपानी खानेपानी तथा सरसफाई आयोजना समिति सदस्य संगीता आचार्य लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बि स २०७५ साल पौष २३ गते सम्झौता भए पश्चात खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य छिटो र अरु वडा भन्दा चाडै सम्पन्न भएको पहिलो चामपानी खानेपानी हो ।

पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबू कडेलले शुद्ध खानेपानी बिना स्वस्थ जीवनको कल्पना गर्न नसकिने हुँदा खानेपानीको योजनालाई आफूले प्रमुख प्राथमिकता राखेको बताउनु भयो । शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी वडामा पनि छिट्टै खानेपानीको सुविधा पुर्याउने लक्ष्य राखिएको बताउनु भयो । पालिकाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पुर्याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

केयर नेपाल र स्वारा सघन गाउ बिकाश केन्द्रको तर्फबाट करिब २३ लाख रुपैया, त्यसैगरी, समुदायको तर्फबाट २४ लाख रुपैया र पालुङटार नगरपालिकाको तर्फबाट करिब १० लाख रुपैयाँ र ५ लाख बराबरको श्रमदान गरी जम्मा ६२ लाखको लागतमा चामपानी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको कोषाध्यक्ष प्रशान्त देबकोटाले जानकारी दिनुभयो ।

उक्त आयोजनाबाट पालुङटार नगरपालिका–७  का करिब ९३ घरधुरीका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् ।

कार्यक्रम संचालन आयोजनाका कोषाध्यक्ष प्रशान्त देबकोटाले गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -