- ADVERTISEMENT -

गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

February 29, 2020
1040
Shares
- ADVERTISEMENT -

पोखरा, १७ फागुन २०७६ । पोखरामा सञ्चालित प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री माननीय राम बहादुर थापा बादलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश अन्तर्गत शान्ति सुरक्षा तथा अमन चयनका विषयमा हालसम्म भए गरेका विभिन्न गतिविधिहरु माथि  छलफल तथा बहस गरी प्रदेश अन्तर्गत रहेका विविध सुरक्षा चुनौती, अपराधिक तथ्याङक विश्लेशण लगायत विभिन्न पक्षमा संयुक्त अन्तरक्रिया गरी आगामी रणनीतिक कार्ययोजना तयार पार्न नेपाल सरकार गृहमन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको दोस्रो दिन आजशनिबार कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री माननीय राम बहादुर थापा बादल र गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले संयुक्त रुपमा गमलामा पानी सिचन गरी उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव किरणराज शर्माले समग्र प्रदेश साथै गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्ला अन्तर्गत शान्ति सुरक्षाका सवालमा भए गरेका क्रियाकलाप, जिल्लाको शान्ति सुरक्षाको अवस्था, देखा परेका सम्भावित चुनौतीहरु एवं गर्नुपर्ने अन्य  थप गतिविधिहरुका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै गृहमन्त्री माननीय राम बहादुर थापा बादलले वर्तमान समयमा देखा परेका सुरक्षा चुनौतीहरुलाई समाधान गर्दै समाजमा शान्ति, स्थायित्व एवं शुसासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्नु पर्ने बताउँदै विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धि गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृणीकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गराउने तर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै प्रहरी संगठनलाई श्रोतसाधनयुक्त बनाई प्रविधिमैत्री जनशक्तिबाट जनमैत्री प्रहरी सेवा प्रवाहको विकल्प नरहेको बताउनुभयो । साथै गृह-सचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशिलता साथै समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुष्तदुरुष्त राख्न निर्देशन दिनुभएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा काननू मन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद बस्याल, नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, नेपाल सरकार गृह मन्त्रालयका सुरक्षा सल्लाहकार प्रा।डा। ईन्द्रजित राई लगायतगण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यक्रमका प्रमुख अतिथिगृहमन्त्री माननीय राम बहादुर थापा बादल लगायत आमन्त्रीत विशिष्ट व्यक्तित्वहरुलाई गणडकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले मायाको चिनो प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -