- ADVERTISEMENT -

जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमा नै मागको लामो फेरिस्त बुझाए

February 23, 2020
851
Shares
- ADVERTISEMENT -

जाजरकोट, ११ फागुन २०७६ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् ।

स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरूले समेत संघीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।

चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर आएका उनी अहिले मन्त्री भएपछि सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा आएका छन् । करिब दुई वर्षभित्र स्थानीय सरकार र संघीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै आएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत यसपटक भने अग्ला डाँडामा जानुपरेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याएका थिए । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेसन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले अथ्र्याएका थिए ।

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्रसमेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर मागपत्रमा उठाएका छन् ।

मन्त्री बस्नेतसँग पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडी, राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेश सभाका सदस्य करवीर शाही, पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपाने, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख योग्य बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव शाह, नेपाल खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत, नेकपाका केन्द्रीयस्तरका नेतासमेत पुगेका थिए । मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुहोस् भन्दै सार्वजनिक ठाउँबाट जनताका गुनासो लिएका थिए ।

सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीय वासीलाई आग्रह गरे । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भने, ‘तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन्, मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्षभित्र पूरा हुनेछन् ।’ स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

विकासमा अनुशासन कायम गर्नसमेत उनले सबैलाई आग्रह गरे । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उनले आग्रह गरे । मन्त्री बस्नेतले भने, ‘दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ । समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -