- ADVERTISEMENT -

पिन को प्रदेश १ मा ३९ सदस्यीय कमिटी गठन

February 23, 2020
728
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ११ फागुन २०७६ । राष्ट्र निर्माणको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) को प्रदेश १ मा ३९ सदस्यीय कमिटी गठन गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन पिनको  विराटनगरमा भएको एक कार्यक्रमबाट इ. दिपक पौडेलको नेतृत्वमा ३९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेकपा प्रदेश एक इन्चार्ज भिम आचार्यको प्रमुख आतिथ्यतामा आज बिराटनगर स्थित मदन स्मृति भवनमा भएको बृहत एकता घोषणा सभाले उक्त कमिटीको घोषणा गरेको छ ।

नेकपा प्रदेश एक अध्यक्ष देवराज घिमिरे, नेकपा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश मन्त्री हिक्मत कार्की, नेकपा केन्द्रीय सदस्य गोपि अछामी, महेश रेग्मी, रिशी पोख्रेल, सुशील, प्रधानमन्त्रीका सल्लाहकार गजेन्द्र थपलिया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा पिन महासचिव हरि पराजुलीले निर्वाचितलाई पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।

पिनका सबै प्रदेश कमिटी निर्माण गर्ने राष्ट्रिय अभियान अन्तरगत प्रदेश एक कमिटी निर्माण गरियेको पिनका नेता सन्जिब रोकाहाले जानकारी दिनु भयो । डा। भेसराज थापाको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा करिब दुई सयभन्दा बढि इन्जिनियर सहभागी रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -