Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:५५ बिहान
- ADVERTISEMENT -

गोरखामा करदाता सेवा कार्यालय स्थापना हुदै : दमौली जानु नपर्ने

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

1349
Shares

गोरखा, ५ फागुन २०७६ । गोरखामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । सरकारले २४ वटा जिल्लामा सेवा कार्यालय बिस्तार गर्ने क्रममा गोरखा पनि छनौट भएको हो । गोरखासंगै लम्जुङमा पनि करदाता कार्यालय रहनेछ । मनाङ र लम्जुङ कार्यक्षेत्र बनाएर बेशीसहरमा कार्यालय स्थापना गर्न लागिएको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।

कार्यालय स्थापना भएपछि कर तिर्नकै लागि गोरखाका उद्यमी, व्यवसायी, कर्मचारी तथा अन्य करदाता दमौली जानु नपर्ने भएको छ ।

‘अडिटबाहेक सवै काम यहीँबाट हुन्छ’, उनले भने, ‘यसले गर्दा गोरखाली करदातालाई करसम्बन्धी कारोबार गर्न धेरै सहज हुनेछ ।’ कार्यालयमा कर अधिकृत, नायव सुब्बा लगायत कर्मचारी रहने उनले बताए ।

आन्तरिक राजस्व कार्यालय दमौली माताहत रहने गरी यही फागुन महिनाभित्रै करदाता सेवा कार्यालय स्थापना हुने आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख सूर्य सेढाईँले जानकारी दिए । कार्यालयमा करदाता दर्ता गर्ने, कर असुली गर्नेलगायत सम्पूर्ण काम हुने उनले बताए ।

गोरखामा १५ हजार जनाभन्दा धेरै करदाता रहेको कार्यालयले जनाएको छ । गोरखामा नै करदाता सेवा कार्यालय स्थापना भएपछि उनीहरुलाई सहज हुने कार्यालयले विश्वास लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -