- ADVERTISEMENT -

नवौं विश्व रेडियो दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

February 11, 2020
1015
Shares
- ADVERTISEMENT -

पोखरा,२८ माघ २०७६ । नवौं विश्व रेडियो दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सामुदायिक रेडियाे प्रसारक संघ अकाेराबले युनेस्काे र अमार्कसंग सहकार्य र सामुदायिक रेडियाे प्रसारक संघ गण्डकी प्रदेश सङ्गको सहकार्यमा विश्व रेडियो दिवस मनाउन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

विश्व रेडियाे दिवस सन् २०१२ बाट मनाउन शुरु गरिएको रेडियो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेबु्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा मोरङको बिराटनगरबाट रेडियो सञ्चालन शुरु भएको हो । विश्वमा भने व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९६ वर्ष पुगेको छ ।

रेडियोकै माध्यमबाट हिंसा अन्त्य गरी शान्ति स्थापना गर्न सकिन्छ । नेपालमा २०५२ सालदेखि दक्षिण एशियामै पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो सगरमाथा १ सय ४ थोप्लो २ मेघाहर्जमा एफएम प्रशारण शुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने पोखरामा मात्रै  रेडियो नेेपाल प्रादेशिक प्रसारण केेेन्द्र लगायत ३८ वटा रेेडियो   संचालनमा रहेका छन् । नेपालमा रेडियोलाई प्रभावकारी सञ्चार माध्यमका रुपमा लिइन्छ ।

माघ २८
विश्व रेडियो दिवस
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -