- ADVERTISEMENT -

भरतपुरको फर्निचर उद्योगमा आगलागी

February 8, 2020
850
Shares
- ADVERTISEMENT -

भरतपुर, २५ माघ २०७६ । भरतपुरको नारायणपुरमा फर्निचर उद्योगमा गएरातीदेखि आगोलागि भएको छ ।

भरतपुर महानगरपालिका ५ स्थीत रोयल फनिचर उद्योगमा राति अन्दाजी  १ बजेको समयबाट सुरु भएको आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले बताएको छ । फर्निचर उद्योगमा राति अकस्मात आगो लागेको देखेपछि स्थानिय बासिन्दाले प्रहरिलाई खबर गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

त्यस लगत्तै स्थानीय बासिन्दा, प्रहरी, दमकल सहित घटना स्थल पुगेर आगो नियन्त्रण कार्यमा जुटेपनि अझै आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारि दिएको छ । प्रहरीका अनुसार आगो नियन्त्रण कार्यमा अहिले स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ५ वटा दमकल प्रयासरत रहेका छन् ।

आगोलागी बिद्युत सट भएर लागेको आशंका गरिए पनि बिस्तृत कारण भने खुल्न बाँकि रहेको छ । साथै आगो नियन्त्रणमा जुट्न सम्पुर्णमा स्थानियहरुले अपिल समेत गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -