पोखरा, २१ माघ २०७६ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले हिमाल पारीको जिल्ला, जिल्ला प्रहरी कार्यालय मनाङ तथा मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउने उदेश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सोही क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत प्रहरी कर्मचारी, विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण तथा अवलकोन गर्नुभएको छ ।
निरिक्षणको शिलशिलमामा जिल्ला प्रहरी कार्यालय मनाङ पुग्नुभएका प्रहरी नायव महानिरीक्षक घिमिरेले भौगोलिक विकटता र हिमाली भु-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कानूनको सर्वोच्चता र जनताको सर्वोपरितालाई आत्मसाथ गर्दै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्य सम्पादन गर्न गराउन मनाङ स्थित कार्यरत प्ररही कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
साथै प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई गम्भिरताका साथ नागरिक संवेदनशिलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्य सम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन गर्नुभएको छ ।
सोही अवसरमा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङ र सिमा प्रहरी चौकी धारापानी मनाङको समेत निरीक्षण तथा अवलोकन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।









































