
गोरखा, ७ माघ २०७६ । गोरखाको भिमसेनथापा गाउँपालिका ४ मा अवस्थित रहेको श्री भगवती माध्यमिक बिद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन भएको छ ।

उक्त कार्यक्रम यहि माघ ५ र ६ गते दुई दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी आज सफलता पुर्बक रुपमा सम्पन्न भएको छ ।

गत माघ ५ गते भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईस्वर पाण्डेको प्रमुख आथित्यताबाट सुरु भएको कार्यक्रम माघ ६ गतेका दिन गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री माननीय रामशरण बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा जिल्लाभित्रका समाजसेवी, अभिभावक, बिद्यार्थी, स्थानीयबासी, बुद्धिजीवि तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमको पहिलो दिन आन्तरिक तथा वडा स्तरीय विभिन्न कार्यक्रमको आयोजना र दोश्रो दिन पालिका स्तरीय विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालयका संस्थापक, विभिन्न कालखण्डका प्रधानध्यापक, दीर्घसेवी शिक्षक, उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा अक्षयकोषबाट लक्षित विद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको थियो ।

गाउँपालिका स्तरीय लोकनृत्य प्रतियोगितामा नवजागृति चण्डी मा वि अश्राङ्ग प्रथम स्थान हासिल गर्न सफल भएको थियोे । त्यसैगरी, शान्ति मा बि बगुवाले द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, प्रभात मा वि ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, जागेश्वर माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको बिधालयका शिक्षक डिल्लीराम भट्टले जानकारी दिनुभयो |

साथै , विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगबाट नगदराशी ६० हजार रुपैयाँ बराबरको नयाँ अक्षय कोषको स्थापना हुन सफल भएको छ । नयाँ अक्षय कोषको स्थापनापछि कार्यक्रममा उपस्थित अथिति महानुभाबहरुबाट यश विद्यालयको उन्नति प्रगती , बिकास, अझ उचाईमा पुर्याउन कहि कतै कुनै प्रकारको कसर बाँकी नराख्ने प्रतिबद्धता सबैले व्यक्त गर्नु भयो ।










































