तनहुँ, १ माघ २०७६ । तनहुँमा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
देवघाटको सुरक्षाका लागि खटिएको प्रहरी टोली फर्किने क्रममा तनहुँको जुगेडी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका डीआईजी विनोद शर्मा घिमिरेका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । , ‘‘दुर्घटनाको कारण खुलेको छैन । सख्त घाइतेलाई काठमाडौं लैजान हेलिकप्टर पनि तयारी अवस्थामा छ’’ उहाले भन्नुभयो ।









































