काठमाडौं, २८ पौष २०७६ । भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा माघ २ गते २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस तथा योग दिवस बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
आज गोरखामा आयोजित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको संयोजकत्वमा मुल मारोह समिति गठन गरी जिल्ला आयोजना कर्यन्वयन ईकाई (भबन) को अगुवाईमा उक्त दिबस मनाउने निर्णय भएको हो ।
गोरखा सदरमुकामको ठुलो आगन देखि जिल्ला समन्वय समितिको सभाहल सम्म प्रभातफेरी गर्ने निर्णय गरेको छ । प्रभातफेरीपछि भुकम्पपछि जिल्लाको अवस्थाको बारेमा जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनले जानकारी गराउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनु भयो । साथै उक्त कार्यक्रममा जिल्लाबासी सबैलाई सहभागी हुन आग्रह गर्नु भयो ।
भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखा भएकाले यहाँका मानिसलाई भुकम्पबाट सुरक्षित हुने उपाएको बारेमा जान्न आवस्यक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी लामिछानेले सबै गोरखाबासीलाई जानकारी लिएर सचेत रहन अनुरोध समेत गर्नु भयो ।
भुकम्प एउटा बिपत्ती भएकाले कतिबेला कसरी आउँछ भन्ने कसैलाई पनि थाहा नहुने हुँदा सुरक्षित उपाए अपनाउन र सावधानी रहनु बेस हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा सरकारी कार्यालय, गैरसरकारी संस्था महासंघ, पत्रकार महासघं लगायतले सघाउनेछन् ।









































