- ADVERTISEMENT -

लमजुङका स्थानीय तहलाई प्रशंसा पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न

January 6, 2020
1001
Shares
- ADVERTISEMENT -

लमजुङ, २१ पौष २०७६ । लमजुङका थानीय तहलाई प्रशंसा पत्र हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा लमजुङ जिल्ला स्थित रहेका स्थानीय तहहरुले सहभागिता, सहकार्य र साझेदारीको रुपमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्रदान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रशंसा पत्र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको निर्देशानुसार लमजुङ जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा एक विशेष कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त प्रशंसा पत्र हस्तानतरण कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल‚ सुन्दरबजार नगरपालिकाका प्रमुख जनकलाल मिश्र‚ राईनस नगरपालिकाका प्रमुख सिह बहादुर थापा‚ मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डे‚ दोर्दी गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङ‚ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ‚ दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङ र क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेलाई उक्त प्रशंसा –पत्र हस्तान्तरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरुले नेपाल प्रहरीले समुदायमा अपराध नियन्त्रण एवं जनतामा शान्ति सुरक्षाको अनुभुति गराउन सञ्चालन गरेको बताउनु भयो ।

समुदाय प्रहरी साझेदारी अभियानले सबै सरोकारवाला निकायलाई अपराध रहित समाज निर्माण गर्न जवाफदेही बनाएको र यसको संयुक्त प्रयासबाट यस अभियानले समेत सार्थकता पाईरहेको धारणा व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -