Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:०७ बिहान
- ADVERTISEMENT -

पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर पैदल यात्रामा

प्रकाशित मिति: २०७६ पुस १८, शुक्रबार

1003
Shares

गोरखा, २०७६ साल पौष १८ गते शुक्रबार । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।

आज शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नु भएको थियो ।

टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्वल केसीले बताउनु भयो । उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा रहेको बताइएको छ ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुग्नेछन् । धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको देविदत्त गणका टोलीलाई बुझाउने कार्यक्रम छ ।

त्यसैगरी, धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौलाई हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाण्डौं आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -