- ADVERTISEMENT -

नेपाली सेनाको गोरखादेखि काठमाण्डौसम्म पदयात्रा हुने

January 2, 2020
948
Shares
- ADVERTISEMENT -

गोरखा, २०७६ साल पौष १७ गते बिहिबार । पृथ्वी जयन्तीको अवसरमा गोरखा-काठमाण्डौ पदयात्रा हुने भएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा गर्न लागेको हो । ‘युनिफिकेसन ट्रेलको निर्माण गर्ने नेपाल सरकारको जुन कार्यक्रम छ, त्यसलाई नेपाली सेनाले जिम्मा लिएको छ’ रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले भने,‘सोही अनुरुप हामीले पदयात्रा गर्न लागेका हौं ’ भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

यहि पुस २७ गते काठमाण्डौंको सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन नेपाली सेनाको टोली १८ गते गोरखाबाट हिड्ने छ । एक विशेष कार्यक्रमका साथ गोरखा दरबार परिसरमा रहेको हुनमान चौताराबाट बिहान ९ बजे उक्त टोलीलाई बिदाई गरिने नेपाली सेनाले जनाएको छ । ‘टर्च, नेपालको झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्कने छ’ केसीले भने ‘उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा रहेनछन ।’

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौताराबाट गोरखा दरबार, पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ्ग, घाटेबेंसी हुँदै बोर्लाङ्गघाट पुग्नेछन् । धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डाहरु धादिङको टोलीलाई बुझाउने कार्यक्रम छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौलाई हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाण्डौं आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । एक जिल्लाले अर्को जिल्लालाई बुझाएपछि यताबाट गएको टोली भने फर्कने छ । ‘रिले दौड जस्तै गरी १८ गते गोरखाबाट लगिएको टर्च र झण्डा २७ गते काठमाण्डौंको कार्यक्रममा पु¥याइन्छ’ केसीले भन्नुभयो ‘यसको मुख्य उदेश्य नै ऐतिहासिक पदमार्गको प्रर्वद्धन गर्नु हो ।’

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा काठमाण्डौं जान प्रयोग गरेको बाटोलाई एकिकरण पदमार्ग बनाउने सरकारको योजना छ । केही दिन अघि गोरखा आएका संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराईले उक्त पदमार्ग सम्भाव्यता अध्ययनको काम भइरहेको भन्दै आगामी वर्ष सरकारले बजेट विनियोजन गर्ने बताउनु भएको थियो ।

राष्टिूय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरुलाई एकिकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालिन बाटोलाई पदमार्ग बनाएर पर्यटन पर्वद्धनमा महत्वपुर्ण भमिका रहनेछ । केही महिना अघि नेपाली सेना ऐतिहासिक लिगलिगकोटबाट गोरखा दरबारसम्म आउन प्रयोग हुने पदैलमार्गमा म्याराथुन दौड समेत गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -